२७ सय १२ दशमलव ४९ बिन्दुमा नेप्से, सातामा दुई दिन बजार खुल्दा ११ अर्ब ८८ करोडको सेयर किनबेच

नेपालखोज २०८२ फागुन २२ गते १७:२०

काठमाडौं । यो साता नेप्से परिसुचक २७ सय १२ दशमलव ४९ बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ६५ दशमलव ९९ बिन्दुमा कायम भएको छ ।

सातामा तीन सय ४१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख १६ हजार पाँच सय ३५ पटकको कारोबारमा दुई करोड ८३ लाख ७८ हजार ६९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ८८ करोड २७ लाख पाँच सय २२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १३ अर्ब रुपैयाँले कम हो ।

गत साता तीन सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ७० हजार तीन सय ८८ पटकको कारोबारमा पाँच करोड ८४ लाख ८५ हजार छ सय ८१ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २४ अर्ब ६९ करोड ६५ लाख ५८ हजार तीन सय ६० रुपैयाँ पुगेको थियो ।

यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा दुई कार्य दिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो र तेस्रो दिन नैं नेप्से बढेको थियो भने बाँकी दिनहरुमा सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक १९ दशमलव २७ अंकले उकालो लागेर दुई हजार छ सय ७४ दशमलव २० बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २२ अंकले उकालो लागेर चार सय ५९ दशमलव ७३ बिन्दुमा चढेको थियो ।

दोस्रो दिन सार्वजनिक बिदा परेकाका कारण नेप्से बन्द रहेको थियो । तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसुचक ३८ दशमलव ५२ अंकले उकालो लागेर दुई हजार सात सय १२ दशमलव ४९ बिन्दुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले उकालो लागेर चार सय ६५ दशमलव ९९ बिन्दुमा चढेको थियो । चौंथो र पाँचौं दिन पनि चुनावको सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

यो साता बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा आखुखोला जलबिद्युत कम्पनी, रिडी हाईड्रोपावर कम्पनी लिमिटेड लगायतका कम्पनीहरु परेका छन् ।

यसैगरी शेयर कारोबार भएको संख्याको आधारमा भने यसवाई प्यानल नेपाल लिमिटेड, आखुखोला जलबिद्युत कम्पनी लिमिटेड आदि परेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यसपटक पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रतिक्रिया