ग्यालेक्सी एस २६ सिरिज अब नेपालमा : अग्रिम अर्डरको लागि विशेष सुविधा उपलब्ध

नेपालखोज २०८२ फागुन २४ गते १९:२१

काठमाडौं । ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ । यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो ।

तालिका व्यवस्थापन गर्नेदेखि कन्टेन्ट बनाउनेसम्म, ग्यालेक्सी एस २६ सिरिजले प्रयोगकर्ताहरूलाई प्राविधिक जटिलताहरूको सट्टा परिणामहरूमा ध्यान केन्द्रित गर्ने कुरा सुनिश्चित गर्दछ । ग्यालेक्सी एस २६ अल्ट्रा, ग्यालेक्सी एस २६+ र ग्यालेक्सी एस २६ अब नेपालमा आजदेखि मार्च १८ (वा स्टक उपलब्ध नभएसम्म) सम्म प्रि–अर्डरको लागि उपलब्ध छन् । ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताहरूको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको जसले एजेन्टिक एआई मार्फत सामसङका लागि नयाँ दिशा संकेत गर्ने कम्पनीको भनाइ छ ।

यो बुद्धिमान प्रविधिले दैनिक कामहरू शान्त रूपमा व्यवस्थापन गर्छ, जसले प्रयोगकर्ताहरूलाई साँच्चै महत्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ । हाम्रो विस्तारित २४ महिनाको किस्ता सुविधा (इएमआई) को सुरुवातसँगै हामी पहुँचलाई नयाँ रूपमा परिभाषित गर्दै सामसङका सबैभन्दा उन्नत प्रविधिहरूलाई पहिलेभन्दा अझ सहज रूपमा उपलब्ध गराउँदैछौं । जसले धेरै ग्राहकहरूलाई कुनै सम्झौता नगरी फ्ल्यागशिप प्रविधिको अनुभव लिन सक्षम बनाउँछ,’ प्रनय रत्न स्थापित, वरिष्ठ निर्देशक तथा हेड अफ एमएक्स, सामसङ नेपालले भने ।

प्रतिक्रिया