२१ दिनको लागि राष्ट्र बैंकले खिच्यो ४० अर्ब

नेपालखोज २०८२ चैत ११ गते १६:०६

काठमाडौं । नेपाल राष्ट्र बैकले आज बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैंयाँ खिचेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिचेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी बैशाख दुई गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको थियो ।

यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया