नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेसको बधाई

नेपालखोज २०८२ चैत १३ गते १६:४५

काठमाडौं । नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग र साथ रहने सभापति थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसैगरी, कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रास्वपाका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया