कार्यस्थलमा अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयन गर्न सरकारको आग्रह

नेपालखोज २०८२ चैत १६ गते १९:२१

काठमाडौं । सरकारले कार्यस्थलका लागि अधिकतम तापको स्तरसम्बन्धी मापदण्ड कार्यान्वयन गर्न आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आज एक विज्ञप्ति जारी गरी कार्यस्थलको लागि अधिकतम तापको स्तर (मापदण्ड), २०८२ कार्यान्वयन गर्न आग्रह गरेको हो ।

‘मापदण्डको प्रभावकारी कार्यान्वयन गरी कार्यस्थललाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको दृष्टिकोणले मर्यादित र सुरक्षित तुल्याउन श्रम तथा रोजगार कार्यालय, रोजगारदाता तथा श्रमिक र सरोकार भएका सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

विभागले स्वीकृत मापदण्डअनुसार नभएमा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । सरोकार भएकाहरूको जानकारीका लागि उक्त मापदण्ड विभागको वेबसाइटमा समेत उपलब्ध रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया