संस्थागत निक्षेप लगानीको लागि अफर, बैंकिङ प्रणालीमा आठ अर्ब ८८ करोड रुपैयाँ राख्दै राष्ट्र बैंक

नेपालखोज २०८२ चैत १९ गते १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८८ करोड रुपैंयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो ।

बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि अप्रिल १६, २०२६ देखि अप्रिल १६, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही चैत्र २२ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि सात अर्ब १० करोड ४० लाख, बिकास बैंकहरुको लागि एक अर्ब ३२ करोड २० लाख र फाईनान्स कम्पनीहरुको लागि ४४ करोड ४० लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया