एशियन लाईफ इन्स्योरेन्स १९औं वर्षमा प्रवेश

नेपालखोज २०८२ चैत २२ गते १६:४५

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

१९औं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र २० गतेदेखि सप्ताहव्यापी रुपमा देशभर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै चैत २० गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

यसैगरी किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पतालसँगको सहकार्यमा आयोजित निःशुल्क दन्त शिविरबाट ६६ जना लाभान्वित भएका छन् । साथै देशभरका विभिन्न १०२ वटा शाखा,उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर लगायत सामाग्री वितरण गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा चैत २० गते आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा सत्र वर्षदेखि निरन्तर सहयोग पु¥याउँदै आएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे ।

उनले जीवन उत्कृष्ट बीमा सेवा प्रवाह गर्दै बीमित र सेयरधनीलाई उच्च प्रतिफल प्रदान गर्नका लागी कम्पनी प्रतिबद्ध रहेको व्यक्त गरे । सो अवसरमा कम्पनीको सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन तथा प्रधान कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कम्पनीको चालू आ.व. २०८२÷८३ को फागुनसम्ममा जीवन बीमाकोष ५० अर्ब ८५ लाख, कूल लगानी ५० अर्ब ४५ करोड रहेको छ । यसैगरी, कम्पनीले फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ६७ अर्ब ९६ करोड रुपैयाँ संकलन गरेको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीको सक्रिय बीमालेख संख्या ७ लाख ५३ हजार रहेको छ । चालू आ.व. मा फागुन मसान्तसम्ममा कूल बीमाशुल्क ६ अर्ब ५२ करोड आर्जन गरेको छ । अधिकृत पूँजी ६ अर्ब रहेको यस कम्पनीको चुक्ता पूँजी ५ अर्ब २५ करोड १२ लाख(५% बोनस सेयर सूचीकृत पश्चात कायम हुने) रहेको छ ।

प्रतिक्रिया