ट्रम्पको चेतावनीपछि इजरायलद्वारा इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका लागि पुनः नखोलिएमा नागरिक पूर्वाधार ध्वस्त पार्ने चेतावनीको समयअवधि सकिनै लागेको समय सोमबार इजरायलले इरानको सबैभन्दा ठूलो ग्यास उद्योग परिसर (पेट्रोकेमिकल कम्प्लेक्स) मा आक्रमण गरेको छ ।
अमेरिका र इजरायलले इरानी संरचना र नेतृत्वलाई निशाना बनाएपछि इरानले बदलामा इजरायल, कुवेत र संयुक्त अरब इमिरेट्सविरुद्ध ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो । इजरायली आक्रमणमा सोमबार एक इरानी सेना (रिभोलुसनरी गाड्र्स)का कमाण्डरको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले सर्वसाधारण लक्ष्यमा आक्रमण गरेमा इरानले पनि अझ बढी विनाशकारी आक्रमण हुने बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार चेतावनी दिँदै भनेका थिए, ‘यदि तेहरानले ‘हर्मुज जलमार्गमा आक्रमण मङ्गलबार बेलुका ८ः०० बजे सम्म जहाजको लागि पुनः खोल्ने आफ्नो मागलाई स्वीकार गरेन भने इरानी पुल र पावर प्लान्टहरूमा अमेरिकाले आक्रमण गर्नेछ ।’
इरानले एक महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्ग ‘हर्मुजको घाँटी’मा शत्रुका जहाज आवागमनमा प्रतिबन्ध लगाइएको बताएको छ । यसले सहज आपूर्ति हुन नसक्दा तेल र ग्यासको मूल्य बढेको छ र विश्वभरका देशहरूलाई यसको असर कम गर्न उपायहरू लागू गर्न दबाब परेको छ । -रासस/एएफपी

प्रतिक्रिया