फिसटेल लज र प्रभु बैंकबीच सम्झौता

नेपालखोज २०८२ चैत २५ गते १८:४४

काठमाडौं । पोखराको लेकसाइडस्थित फिसटेल लज र अन्नपूर्ण जगतपुर लज र प्रभु बैँकबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्रबाबु बिष्ट र फिस टेल लज तथा अन्नपूर्ण जगतपुर लजबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनी महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने छन् ।

सम्झौताअनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्न बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।

फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमार्फत उपलब्ध आवासतर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैकले हाल सबै क्षेत्रमा गरी तीन सय १२ वटा शाखा कार्यालय, दुई सय ८५ वटा एटिएम काउन्टर, ६८ वटा एक्सटेन्सन काउन्टर मार्फत ३६ लाख भन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया