कञ्चनपुर कारागारबाट १६ केदीबन्दी स्थानान्तरण

महेन्द्रनगर । महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण गरिएको छ । बुधबार कञ्चनपुर कारागारभित्र दुई समूहबीच झडप हुँदा पाँच कैदीबन्दी घाइते भएका थिए ।
त्यसपछि कारागार प्रशासनले कैदीबन्दीलाई नौबस्ता कारागार स्थानान्तरण गरेको हो । केही समयअघि कैदीबन्दीबीच झडप हुँदा जिल्ला प्रशासन कार्यालयले यहाँबाट २० कैदीबन्दी स्थानान्तरण गर्न खोजेको थियो ।
स्थान्तरणको तयारी गर्दा कारागारको परिस्थिति असहज बनेपछि तत्काल स्थान्तरण टरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले कैदीबन्दी स्थानान्तरण गर्न आवश्यक भएको जानकारी दिए ।
आपसी मनमुुटावको विषयमा दुई पक्षबीच झडप हुँदा घाइते भएका र अन्यलाई स्थानान्तरण गरिएको हो । गत पुसमा पनि कारागारमा झडप हुँदा नौ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

प्रतिक्रिया