दोहोरो अंकले खुम्चियो सेयर बजार, १३ अंकले घट्दा आठ अर्ब ९९ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौं । सरकारले हप्तामा दुई दिन अर्थात शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएकै कारण यो हप्ता छैठौ दिनमा पनि खुलेको नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ ।
अघिल्लो दिन ४८ दशमलव ७१ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार १३ दशमलव ४६ अंकले घटेर २८ सय ३७ दशमलव ७७ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३९ अंकले घटेर चार सय ७८ दशमलव १३ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ३५ वटा कम्पनीहरुको ९७ हजार चार सय ८० पटकको कारोबारमा दुई करोड १० लाख ८७ हजार छ सय २८ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार नौं सय ६७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा जलबिद्युत समूहको सूचक तीन दशमलव ४९ अंकले बढेर चार हजार १६ दशमलव १७ अंकमा पुगेको छ भने उत्पादनमुलक समूहको सूचक पनि एक सय ८२ दशमलव ३८ अंकले बढेर ११ हजार छ सय ४२ दशमलव ३७ अंकमा पुगेको छ । यि बाहेक बाँकी समूहहरुको सूचक भने घटेकाछन् ।
जसमध्ये वाँणिज्य बैंक समूहको सूचक ११ दशमलव शून्य पाँच अंकले घटेर १४ सय ७५ दशमलव ९४ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ४० दशमलव ८५ अंकले घटेर छ हजार ३३ दशमलव १७ अंकमा झरेको छ । फाइनान्स समुहको सुचक पनि १५ दशमलव १९ अंकले घटेर २४ सय ८६ दशमलव २२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ९३ दशमलव ३७ अंकले बढेर १२ हजार आठ सय ९९ दशमलव ९८ अंकमा झरेको छ ।
निर्जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ४४ अंकले घटेर ११ हजार एक सय ९३ दशमलव २४ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः ३४ दशमलव ९८, एक दशमलव २१, ३६ दशमलव ९९, शून्य दशमलव १०, ३० दशमलव ३७ र ४० दशमलव ९३ अंंकलो घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुजुङ हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा एनआईसी एशिया ब्यालेन्स फण्ड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया