पौडी खेल्ने क्रममा बेपत्ता युवक शव फेला
नेपालखोज
२०८२ चैत २९ गते १८:०५

काठमाडौं । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव चैत्र २९ गते बिहान करीव १० बजे सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सो जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षिय महमद आयन कमड चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ ।
सो घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले फेला नपारेपछि पुनः चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले घटनास्थलबाट करीव ४० मिटर तल झण्डै ४० मिटर गहिराईबाट उनको शव निकालेको हो ।
सम्बन्धित

प्रतिक्रिया