ट्यांकर चालकलाई कोरोना खोप दिने सहमति भएसँगै आन्दोलन फिर्ता
नेपालखोज
२०७८ असार १ गते १५:५४

काठमाडाैं । कोरोनाविरुद्धको खोप नपाएसम्म इन्धन ढुवानी नगर्ने भन्दै आन्दोलन गरेका चालकहरूले आन्दोलन फिर्ता लिएका छन् । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको हाे ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ ।
‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छौं,’ संघका अध्यक्ष ईश्वर लामाकाे भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया