मंगलबार, वैशाख १८, २०८१

प्रिज्म एग्रोका सञ्चालक राणाविरुद्ध एक करोड बिगो सहित मुुद्दा

नेपालखोज २०७८ असार १ गते १८:०८


काठमाडौं । भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रा.लिविरुद्ध एक करोड दुई लाख ६० हजार रुपैयाँ बिगो सहित उक्त कम्पनीका संचालकलाई जरिवाना र कैद मागदावी लिई मुुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकका अनुसार उक्त कम्पनीविरुद्ध यही जेठ ३१ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको हो ।

विभागका अनुसार प्रिज्म एग्रो कमोडिटिज काठमाडौंका संचालक विज्ञानजंग राणा र वेदान्तजंग राणाले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको देखिएपछि बिगो तथा सजाँय माग गर्दे उच्च अदालतमा मुुद्दा दायर गरिएको हो ।

ति प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरी एक करोड दुई लाख ६० हजार मात्र राजस्व चुहावट गरेको वारदात स्थापित भएकाे छ

उक्त प्रा.लि.का संचालकहरुलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१ ) र २३ (१) (ख) बमोजिम सजाय हुन तथा सोही ऐनको दफा २३ (४) बमोजिम बुझाउनु पर्ने राजस्व रकमको व्याज समेत असुल गरी बरामद भएको मालवस्तु सोही ऐनको दफा ३३ (१) बमोजिम जफत हुन मागदावी यही जेठ ३१ गते सोमबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया