मेलम्ची अपडेट : ७ जनाको शव भेटियो, उद्धार जारी
रुपेश चौलागाईं
२०७८ असार २ गते ९:२१

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको भिषण बाढीमा परेका सातजनाको शव भेटिएको छ । हराइरहेकाको उद्धार जारी छ । बाढीमा ५० जनाभन्दा बढी बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुमान छ । हिजो साँझ मात्र सातजना बेपत्ता भएका थिए ।
कांग्रेस नेता सिंहले भने- बाढी-पहिरो प्रभावितलाई तत्काल राहत र उद्धार होस्
लगातारको वर्षापछि आएको बाढीले मेलम्ची खानेपानी ड्याम बगाउनुका साथै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार डुबानमा परेको छ ।
यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पुर्याएको छ ।
मेलम्चीमा बाढीको वितण्डा : ५० जना बेपत्ता, बस्ती डुबानमा (हेर्नुहोस् १२ तस्बिर)

रुपेश चौलागाईं
चौलागाईं नेपालखोजका संवाददाता हुन् ।
सम्बन्धित
प्रतिक्रिया