एक करोड १५ लाख रुपैयाँ जरिवाना ठहर भएका मर्हजन पक्राउ
नेपालखोज
२०७८ असार ४ गते १३:५९

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मर्हजनउपर जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा तीन वर्ष कैद सजाय र बिगो बमोजिमको एक करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
पक्राउ परेका मर्हजनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया