शनिबार, जेठ २५, २०८२

सिन्धुपाल्चोकका थप दुई गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले ५०-५० लाख दिने

नेपालखोज २०७८ असार ४ गते १४:१४

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहत तथा उद्धारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई ५०-५० लाख रूपैयाँ दिने घोषणा गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

मेलम्ची नदीमा आएको बाढीबाट भएको धनजनको क्षतिपछिको राहत तथा उद्धरका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए ।

प्रतिक्रिया