बिहीबार, असार १२, २०८२

थप पारिश्रमिक नलिने नेदरल्यान्डकी राजकुमारीकाे घाेषणा

नेपालखोज २०७८ असार ४ गते १७:२४

काठमाडौं । डच सिंहासनकी उत्तराधिकारी तथा नेदरल्यान्डकी राजकुमारी अमालियाले आफूले राज्यबाट बर्सेनि प्राप्त गर्ने पारिश्रमिक मध्ये १ लाख ९० हजार डलर नलिने घोषणा गरेकी छन् ।

डच सिंहासनकी उत्तराधिकारी तथा नेदरल्यान्डकी राजकुमारी अमालियाले सार्वजनिक टीका टिप्पणी र आलोचना भएपछि राज्यबाट बर्सेनि प्राप्त गर्ने पारिश्रमिक मध्ये १ लाख ९० हजार डलर नलिने घोषणा गरेकी हुन् ।

राजकुमारी अमालिया राजा विलियम एलेक्जेन्डरकी जेठी छोरी हुन् र गएको जून १० मा उनले हाई स्कूल शिक्षा पुरा गरेकी थिइन् । कलेज भर्ना हुनु अघि राजकुमारीले एक वर्षको विश्राम लिन चाहेको बताइएको छ ।

आउँदो डिसेम्बरमा डच सिंहासनकी उत्तराधिकारीको उमेर १८ वर्ष पुग्ने र १८ वर्ष पुगेपछि राजकुमारी को वार्सिक भत्ता बृद्धि हुने भए पनि यसै साता राजकुमारी अमालियाले डच प्रधानमन्त्री मार्क रुटलाई एक पत्र लेख्दै उक्त थप पारिश्रमिक नलिने जानकारी दिएकी हुन् ।

पत्रमा राजकुमारी अमालियाले भनेकी छन्, ‘जबसम्म म त्यो पारिश्रमिकको साटो राज्य लाई केही दिन्न तबसम्म उक्त रकम ग्रहण गर्नु मेरा लागि असहज हुने छ । अझ त्याे समयान जहाँ कोरोना भाइरसको यो महामारीमा म जस्ता छात्राहरुका लागि समय निकै कठिन हुँदै गएको अवस्था सिर्जना भइरहेकाे छ ।’

राजकुमारी अमालियाले आफ्नो थप हुने तलब भत्ता नलिने मात्र होइन राज्यले आफू माथि गर्ने अन्य विविध खर्चको रकम पनि प्रयोग नहोस भन्ने इच्छा व्यक्त गरेकी छन् । त्यो तलब तबसम्म का लागि जबसम्म उनि आधिकारिक रुपमा शाही कर्तव्य र जिम्मेबारी पूरा गर्न सक्दिनन् ।

प्रतिक्रिया