बिहीबार, असार १२, २०८२

सरकारको कारबाही पछि के गर्दै छन् अलिबाबाका संस्थापक ज्याक मा ?

नेपालखोज २०७८ असार ५ गते १६:२९

काठमाडौं । चीनका अरबपति तथा दिग्गज इ-कमर्स कम्पनी अलीबाबा का संस्थापक ज्याकमा सरकारको कारर्बाही पछि निस्कृय जस्तै भएका छन् ।

ज्याक माका व्यापारिक सहयोगी एवं निकटस्थ जोसेफ त्साईले दिएको एक जानकारी अनुसार हिजो आज उनी घरमै बसेर पेन्टिङ गरि आफ्नो शौख पुरा गरिरहेका छन् ।

गएको वर्ष चीन को वित्तिय नियामक निकायले ज्याकमासँग उनको कारोबारलाई लिएर सोधपुछ गरि आर्थिक नियमहरुको दुरुपयोगमा दोषि ठह¥याउँदै जरिवाना तिराएको थियो ।

अलीबाबाका उपाध्यक्ष त्साईले अमेरिकी मिडियासँगको भेटमा बताए अनुसार ज्याक अहिले साधारण ढंगले दिन बिताइरहेका छन् । त्साई भन्छन् ‘म दिनहुँजसो उनीसँग कुरा गर्छु भने हामीबीच नियमित रुपमा म्यासेज आदान प्रदान पनि भैरहेको छ । ज्याकले आफ्नो जीवनमा धेरै राम्रा कामहरु गरेका छन र अहिले आफ्ना लागि पनि राम्रै गरिरहेका छन । तिनै राम्रा काम मध्ये एउटा राम्रो काम पेन्टिङ बनाउने आफ्नो शौख पूरा गर्नु पनि हो ।’

ज्याकले दुई वर्ष अघि नै अलीबाबाको अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृतको भूमिकाबाट आफुलाई अलग गरिसकेका थिए । त्यसैले पनि अहिले उनी फूर्सदमा छन् र आफ्नो शौख पुरा गरिरहेका छन् ।

त्साई भन्छन् ‘उनले आफूलाई परोपकारका काममा समेत केन्द्रीत गरेका छन् ।’ ज्याकले गएको वर्षको अक्टोबरमा सम्पन्न शंघाई शिखर सम्मेलनमा चीनको वित्तीय नियामक प्रणालीको आलोचना गरेका थिए जसमा सैयाैं बैंकका साथै नियामक निकायका पदाधिकारिहरु पनि सहभागी थिए ।

भनिन्छ ज्याकको उक्त आलोचना त्यहाँ को कम्युनिस्ट सरकारलाई मन परेन । त्यस पछि नै सरकारले उनको कम्पनी का विरुद्ध छानबिन थालेको थियो ।

प्रतिक्रिया