हिउँ परेपछि माघे सङ्क्रान्ति मेलाका खेलमा रोक
कास्की । मौसमको प्रतिकूलताका कारण कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा लागेको माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजित प्रतियोगितात्मक खेलहरू आईतबार पनि प्रभावित भएका छन् । सिक्लेस युवा क्लबद्वारा यही माघ १ देखि ४ गतेसम्मका लागि निर्धारित महोत्सव माघ १ गते उद्घाटन भए पनि यसका अवसरमा आयोजित खेल माघ २ र ३ गते लगातार पानी परेपछि स्थगित गरिएको थियो ।
हिजो शनिबार मौसममा सुधार भएपछि रोकिएका प्रतियोगितात्मक खेल सञ्चालन गरिए पनि आज दिउँसो १२.३० बजेदेखि हिउँ पर्न थालेका कारण खेल स्थगित गर्नुपरेको क्लबका सल्लाहकार देवीजङ्ग गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताअन्तर्गत हालसम्म महिला भलिबल फाइनलमा पुगेको छ भने पुरुष भलिबल र पुरुष बास्केटबल सेमीफाइनलमा पुगेका छन् । हजार वर्ष पुरानो गाउँ सिक्लेसमा सय वर्षभन्दा पुरानो माघे सङ्क्रान्ति मेलालाई जगेर्ना गर्दै यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउन प्रत्येक वर्ष माघे सङ्क्रान्ति मेला गर्दै आइएको उनले जानकारी दिए । हिउँ परेसँगै सिक्लसे पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने हिउँ खेल्दै रमाएको स्थानीयले जानकारी दिए ।
प्रतिक्रिया