१७ करोडको इँटा नष्ट
नेपालखोज
२०७६ माघ ६ गते १४:५९
रौतहट । लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामविनोद साहले जानकारी दिए ।
अध्यक्ष साहका अनुसार पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भएका हुन् । एउटा भट्टामा कम्तीमा र १० लाख रुपैयाँभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भएको उनले बताए । एकातिर पोल्न तयार राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटा बेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।
सम्बन्धित
प्रतिक्रिया