अफगानिस्तान र इरानसँग सीमा जोडिएको क्षेत्र तालिबानकाे कब्जामा

काठमाडौं । तालिबानले अफगानिस्तान र इरानसँग सीमा जोडिएको क्षेत्र आफ्नो कब्जामा लिएको छ । इस्लाम क्योला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा तालिबानको कब्जामा पुगेको अधिकारीहरुले जनाएका छन् ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यस्ताे दाबी गरेका हुन् । यद्यपि, अहिलेसम्म यसबारे आधिकारिक रुपमा अफगान अधिकारीले कुनै टिप्पणी नगरेको बिबिसीले जनाएको छ । सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको सुरक्षाकर्मीले जानकारी दिएका छन् ।
इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । ताजिकिस्तानको सीमासँग जोडिएको शेरखान र अकिया सीमा क्रसिङमा कब्जापछि तालिबानको कब्जामा आएको यो तेस्रो बोर्डर क्रसिङ हो । इस्लाम कला इरान र अफगानिस्तानबीच एक महत्वपूर्ण आर्थिक सीमा हो जो हेरातबाट पाँच किलोमिटर टाढा छ ।
प्रतिक्रिया