शुक्रबार, वैशाख २६, २०८२

दक्षिण अफ्रिकामा हिंसा बढ्दो, पूर्वराष्ट्रपति जुमाले हिंसात्मक गतिविधिको योजना बनाएको आरोप

नेपालखोज २०७८ साउन २ गते ६:५८

काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले योजनावद्ध रुपमा हिंसात्मक गतिविधि सञ्चालन गरिएको आरोप लगाएका छन्।

पूर्व राष्ट्रपति ज्याकब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेर हिंसात्मक गतिविधिको योजना बनाएको उनको आरोप छ । राष्ट्रपति रामाफोसाले जुमाले अदालतको अबहेलना गरेर प्रहरीसमक्ष आफैं गिरफ्तारी दिएपछि मुलुकभर त्यसको विरोधमा भएका हिंसात्मक गतिविधि अराजनीतिक भएकोसमेत टिप्पणी गरेका छन् ।

राष्ट्रपति रामाफोसाले समर्थकले जुमाको रिकाइका लागि भन्दा पनि मुलुकमा अशान्ति मच्चाउन गैरकानुनी काम गरेको टिप्पणी गरेका छन् । मुलुकभर हिंसात्मक गतिविधिहरु बढ्दै गएकाले मृतकको संख्या २१२ पुगको छ । विरोध प्रदर्शनका क्रममा देशभर भएका लुटपाट र आगजनीका घटना नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको कारवाहीमा ती व्यक्ति मारिएको सरकारी अधिकारीहरुको दावी छ ।

हिंसाका घटनाहरु बढ्दै गएपछि सरकारले त्यलाई नियन्त्रणमा लिन देशभर २२ हजार भन्दा बढी सेना परिचालन गरेको छ । सुरक्षाकर्मीले हालसम्म २५ सय भन्दा बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया