शुक्रबार, वैशाख २६, २०८२

युरोपमा दशकौंपछिको ठूलो बाढी : मृत्यु हुनेको संख्या १२० पुग्यो, सयौं बेपत्ता

नेपालखोज २०७८ साउन २ गते ७:०३

काठमाडौं । दशकौं पछिको भीषण बाढीका कारण पश्चिम युरोपमा कम्तिमा १२० जनाको मृत्यु भएको छ भने सयौं वेपत्ता भएका छन्। भीषण वर्षापछिको बाढीका कारण नदीहरुले किनारा छोडेका छन्, जसका कारण यो क्षेत्रमा ठूलो क्षति पुगेको छ।

जर्मनीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १ सय भन्दा धेरै रहेको छ। जर्मनीकी चान्सलर एन्जेला मार्केलले जलवायु परिवर्तनविरुद्ध एक शसक्त लडाइका लागि आह्वान गरेकी छिन्। बेल्जियममा कम्तिमा पनि २० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्स, लक्जेममबर्ग र स्विट्जरल्याण्ड पनि बाढीबाट नराम्रोसँग प्रभावित भएका छन्।

बाढीका धेरै कारण रहेका छन् तर जलवायु परिवर्तनका कारण तातेको वातावरणमा अत्याधिक वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया