नेपालसहित २२ सांसदलाई एमालेको चेतावनी, चित्त बुझ्दो जवाफ नआए कारबाही गरिने
नेपालखोज
२०७८ साउन ६ गते १७:४७

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलवार २२ जना सांसदलाई सोधेको स्पष्टीकरण पत्र सबैकोमा पठाइएको एमालेले जनाएको छ ।
स्पष्टीकरण पत्रमा सर्वोच्चको परमादेश विपरीत नहुने गरी भाषा प्रयोग गरिएको छ । पार्टीविरुद्ध भेला र गुटगत गतिविधि गर्ने तथा पार्टीको निर्देशन विपरीत विपक्षीलाई समर्थन गर्ने जस्तो अपराधपूर्ण कार्य किन गर्नुभयो ? भनेर पत्रमा सोधिएको छ ।
२४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नदिएमा कारबाही हुने पनि एमालेले चेतावनी दिएको छ । केपी शर्मा ओली पक्षका आठ जनासहित २२ सांसदले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया