देशभर मौसम बदली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा
नेपालखोज
२०७८ साउन ७ गते ८:२३

काठमाडौं । देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायु सक्रिय रहेको कारण अहिले प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ ।
दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागकाअनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति गण्डकी र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया