शुक्रबार, असार २०, २०८२

चौबीस घण्टामा ३ हजार ११४ संक्रमित थपिए, १६ जनाको मृत्यु

नेपालखोज २०७८ साउन ९ गते १६:३२

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार १९७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ७५७ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ४१ हजार ५६५ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३४४ र आइसोलेसनमा २७ हजार ७५७ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ७९ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया