अस्ट्रेलियाको सिड्नीमा एक महिना लकडाउन थपियो
नेपालखोज
२०७८ साउन १४ गते ७:२१

काठमाडौं । कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गएपछि अष्ट्रेलियाको सिड्नीमा जारी लकडाउन थप एक महिनाका लागि लम्ब्याइएको छ ।
अष्ट्रेलियाको सबैभन्दा ठुलो सहरमा डेल्टा भेरिएन्ट फैलिएपछि गत जुनको अन्त्यबाट घरमै बस्न निर्देशन दिइएको छ । सिड्नीमा २५ सय भन्दा बढीमा संक्रमण देखिएको छ । सिड्नीको राजधानी रहेको न्यु साउथ वेल्नसमा आजमात्रै १ सय ७७ जनामा संक्रमण पूष्टि भएको छ ।
उक्त संख्या २०२० को मार्च २० यताकै सर्बाधिक हो । न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्याडेस बेरजिक्लियनले यसअघि योजना गरिएजस्तै आगामी शुक्रबारबाट लकडाउन अन्त्य गर्नु सिड्नीका लागि सम्भव नभएको बताए ।
साना स्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अष्ट्रेलिया दुबैले भने लकडाउन अन्त्य गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया