ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न नेपालकाे चेतावनी
काठमाडाैं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरी प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत गराएका हुन् । नेता नेपालले संविधान जोगाएर नयाँ सरकार बनाएको उल्लेख गर्दै सरकारलाई राम्रो काम गरेर देखाउन पनि आग्रह गरे ।
उनले सही विचार आत्मसात गरेर अघि बढन पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिए । नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न सरकारसँग माग गरे ।
उनले सो घटनामा संलग्नलाई कारबाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए । नेता नेपालले आफू विचारमा अडिग भएर उभिएको नेता भएको दाबी गर्दै सोही अनुसार वैचारिक अडानका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेतृत्व अराजक ढंगले नचलोस् भन्नेमा सचेत रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह पनि गरे
प्रतिक्रिया