बंगलादेशमा लकडाउन ५ दिन थपियो
नेपालखोज
२०७८ साउन १९ गते २०:३६

काठमाडौं । बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी लकडाउनलाई थप कडाईका साथ आगामी पाँच दिनका लागि थप्ने निर्णय गरेको छ ।
सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए.के.एम मोजमेल हकले बताए।
अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लिने उनले बताए । उक्त दिन पछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए ।
जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।
सम्बन्धित
प्रतिक्रिया