शनिबार, असार १४, २०८२

तालिवानी हमलामा निर्दोष बालबालिका मारिए, ३ दिनमा २७ को मृत्यु

नेपालखोज २०७८ साउन २६ गते १४:३८

काठमाडौं । संयुक्त राष्ट्र संघीय निकाय युनिसेफका अनुसार अफगानिस्तानमा जसरी ‘बालबालिकाविरुद्ध गम्भीर हिंसा’ भइरहेको छ त्यसबाट युनिसेफ स्तब्ध र चिन्तित छ ।

युनिसेफ भन्छ- अफगानिस्तानमा जारी भीषण हिंसाका क्रममा पछिल्ला तीन दिनमा मात्र २७ बालबालिकाको हत्या भएको छ र उनीहरुविरुद्धको हिंसा दिन-प्रतिदिन बढिरहेको छ ।

युनिसेफको तथ्यांकअनुसार तीन दिनमा कन्दहार, खोस्त र पक्तियामा भएको संघर्षमा ती बालबालिका मारिएका हुन् भने ती घटनामा १३६ भन्दा बढी बालबालिका घाइते भएका छन् ।

युनिसेफले बालबालिकाहरुको हत्याको यो शृंखलामा देखिएको शारीरिक एवं मानसिक पीडाका प्रत्येक घटना निकै त्रासदीपूर्ण रहेको पनि बताएको छ ।

युनिसेफले जोड दिँदै भनेको छ- अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत ती सबै बालबालिका संरक्षणको अधिकार प्राप्त वा हकदार थिए । युनिसेफले सम्बद्ध सबै पक्षसँग बालबालिकाहरुको जीवनरक्षाका लागि अपिलसमेत गरेको छ ।

यसबीच तालिबानले संघर्षविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वान अस्वीकार गरेको छ ।

प्रतिक्रिया