सोमबार, वैशाख २९, २०८२

प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई खोप दिन सुरू

नेपालखोज २०७८ साउन २८ गते १४:०८

काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको खोप दिन सुरू गरेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं उपत्यकाका पाँचवटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन सुरू गरिएको हो ।

काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया