काठमाडौं जिल्ला प्रशासनद्वारा मास्क लगाए/नलगाएको अनुगमन

काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणले मास्क लगाए, नलगाएको अनुगमनलाई तिव्रता दिएको छ । नेपाल सरकारले व्यक्तिगत रुपमा मास्क लगाउन प्रोत्साहित गर्न देशैभरी ‘तपाइको मास्क खोइ’ भन्ने अभियान चलाएसँगै प्रशासन कार्यालयले मास्कको प्रयोगमा अनुगमन गरेको हो ।
काठमाडौंको मुख्य–मुख्य चोकमा बाटोमा हिड्नेदेखि सार्वजनिक सवारी साधनमा रहेका व्यक्तिहरुले मास्क लगाए, नलगाएको अनुगमन गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा निरन्तर अनुगमन भइरहेको छ । मास्कको प्रयोग उचित ढंगले नगर्ने, गुणस्तरको प्रयोग नगर्ने, सकेसम्म प्रयोग नै नगर्ने चलनले जोखिम बढाएको गुनासो आउन थालेको सहायक प्रजिअ अधिकारीले बताए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मानिसको भिडभाड हुने सबै क्षेत्रमा निरन्तर अनुगमन गर्ने उनले बताए ।
अहिले संक्रमणदर बढ्दै गएसँगै आम मानिसले लापरबाही पनि गर्न थालेकाले निषेधाज्ञा थप गर्नुपरेको उपत्यका प्रशासनले जनाएको छ ।
यसरी लापरबाही बढ्दै गए पुनः कडा निषेधाज्ञामा जान बाध्य हुनेप्रति प्रशासनले सचेत पनि गराएको छ । यससँगै काठमाडौंको ३ वटै जिल्लामा आजदेखि ८ बजेपछि अत्यावश्यक सेवा बाहेक सबैलाई हिडडुल÷आवत्जावत्मा रोक लगाइएको छ ।
प्रतिक्रिया