शनिबार, असार १४, २०८२

अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रण लिएकाे तालिबानको दाबी

नेपालखोज २०७८ साउन २९ गते ९:४९

काठमाडाैं । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेको बीबीसीले जनाएको छ । उक्त सहर नियन्त्रणमा लिनु भनेको तालिबानका लागि निकै महत्त्वपूर्ण विजय हुनेछ ।

उक्त सहर कुनै बेला तालिबानको बलियो पकड भएको क्षेत्र थियो र यो अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । अफगानिस्तानमा जारी लडाइँकाबीच तालिबानले बिहीबार थप मुख्य सहरहरू गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने क्रममा त्यसलाई सबैभन्दा नाटकीय ढंगको श्रृंखलाबद्ध कब्जा मानिएको थियो ।

यसैबीच विश्व शक्ति राष्ट्रहरूले चाहिँ सैन्य शक्तिद्वारा अफगानिस्तानमा स्थापना हुने सरकारलाई आफूहरूले मान्यता नदिने चेतावनी दिएका बीबीसीले जनाएकाे छ ।

अमेरिका र ब्रिटेनले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा अफगानिस्तानबाट लैजान पुनस् काबुलमा सैनिकहरू पठाउन लागेको बताएका छन् ।

प्रतिक्रिया