त्रिविले सार्वजनिक गर्यो कानुन संकायको नतिजा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कानुन संकायको स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ । त्रिवि कानुन संकाय परीक्षा सञ्चालक समितिको आज (२०७८ साउन २९ गते, शुक्रबार) बसेको बैठकको निर्णयअनुसार स्नातक तहअन्तर्गतको परीक्षाफल प्रकाशित भएको हो ।
बीएएलएलबी सातौं सेमेस्टर २०७७ को नजिता प्रकाशन गरिएको त्रिविले सूचनामार्फत जनाएको छ । विस्तृत जानकारीका लागि सम्बन्धित क्याम्पसहरुमा सम्पर्क राख्नसमेत सूचनामा अनुरोध गरिएको छ ।
परीक्षाफल प्रकाशित भएको मितिले सात दिनभित्र ग्रेड सिट प्राप्त गर्न सकिने त्रिविले जनाएको छ । सूचनाअनुसार प्रकाशित नतिजा चित्त नबुझेका परीक्षार्थीहरुले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिनुपर्नेछ ।
त्रिविले प्रतिविषय ५०० रुपैयाँ तिरेर कानुन संकाय डिनको कार्यालयको नाममा नेपाल बैंक लिमिटेडमा रहेको चल्ती खाता नम्बर २१७००१००१९२४३४०००००१ मा रकम जम्मा गरेको सक्कल भौचर समेत कार्यालयमा लिखित निवेदन दिन सकिनेछ ।

प्रतिक्रिया