शनिबार, असार १४, २०८२

लिबियाबाट ८४ नाजेरियाली कैदी मुक्त

नेपालखोज २०७८ साउन ३० गते १४:४२

त्रिपोली । लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ । न्याय मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरुका बच्चासहित रिहा गरिएको हो ।

रिहा भएका ती कैदीलाई उनीहरुकै देश नाइजेरिया फिर्ता पठाएको अधिकारीले जनाएका छन् । अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सबै कानूनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरुलाई देश निकाला गरेको जनाइएको छ । अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सबैलाई उनीहरुकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरुलाई आफ्नै देश फिर्ता पठाइएको हो । रासस

प्रतिक्रिया