अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको कब्जामा, असरफ घानीले छाडे देश
नेपालखोज
२०७८ साउन ३१ गते २२:१२

काठमाडौं । अफगानिस्तानको राष्ट्रपति भवनमा आइतबार राति तालिवानले कब्जा जमाएको छ । योसँगै राष्ट्रपति असरफ घानी देश छाडेर ताजकिस्तान पुगेका छन् ।
त्यहाँको टोलो न्युजले राष्ट्रपति घानी भागेको विषयमा खबर प्रसारण गरेको छ । ‘राष्ट्रपति घानी आफ्नो कोर टिमका सदस्यसहित ताजकिस्तान भागेका छन्,’ उक्त समाचार उद्धृत गर्दै बीबीसीले लेखेको छ । यसैबीच घानीका सल्लाहकारले भने यो समाचार गलत भएको बताएका छन् । ती सल्लाहकारको दाबी छ कि, ‘घानीले देश छाडेर कहीँ गएका छैनन् ।’
यसैगरी अमेरिकाले आफ्नो दूतावास काबुल एयरपोर्टमै सारेको छ । अमेरिकी विदेशमन्त्री एन्टी ब्लिंकनले तालिबानको कब्जाका लागि अफगानिस्तानको सेना दोषी रहेको बताएका छन् । उनले भनेका छन् कि- आफ्नो देशको रक्षा गर्न अफगानिस्तानका सेना असफल भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया