राजदूतसहित १३१ भारतीयले छाडे अफगानिस्तान
नेपालखोज
२०७८ भदौ १ गते १२:१०

भारत । अफगानिस्तानको अवस्था अझ त्रासपूर्ण हुने भयले अफगानिस्तानका लागि भारतका राजदूत रूद्रेंद्र टंडसहित १ सय ३० महात्त्वपूर्ण व्यक्तिले राजधानी काबुल छाडेका छन् । भारतीय वायुसेना का ऋ–ज्ञठ विमान आज (मंगलबार) बिहान राजधानी काबुलबाट उडेको छ । बिमानमा भारतीय राजदूत टंड ,दूतावासका कर्मचारी, भारतीय सुरक्षाकर्मी र केही पत्रकार छन् ।
अफगानिस्तानमा रहेका राजदुत र अन्य पदाधिकारीलाइ खतरा हुने अवस्था भएपछि भारत सरकारले राजदूतसहित कर्मचारीलाइ फिर्ता बोलाउने निर्णय गरेको थियो । भारत सरकारले अफगानिस्तानमा फसेका आफ्ना नागरिकलाइ पनि सेनाको बिमानद्वारा फिर्ता ल्याउने तयारी गरेको छ ।
भारतीय विदेश मन्त्रालयले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि सक्दो प्रयास गर्ने जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया