शनिबार, वैशाख १३, २०८२

यस्ता छन् मारुती सुजुकीका आगामी कार !

नेपालखोज २०७८ भदौ ३ गते ७:१६

काठमाडौं । साधारणत: भदौ लागेसँगै कार, मोबाइल, टीभी आदिको व्यापार उकालो लाग्छ । किनभने यतिबेला चाडपर्वको मौसम सुरु हुन्छ र यो सिजन छठ नसकिन्जेल २-३ महिनाजति चल्छ ।

यो समयलाई कार, बाइक, मोबाइलसहित अन्य एप्लाइन्सको बिक्रीका दृष्टिले सानदार समय पनि मानिन्छ । यति बेला बाइक, कारसमेत अन्य इलेक्ट्रोनिक ग्याजेटहरुमा विशेष छुट र अनेक किसिमका अफरको समेत लाभ उठाउन सकिन्छ । यो सिजनमा धेरै कम्पनीले नयाँ र अपग्रेटेड सामग्रीसमेत बजारमा उतार्छन् । यस क्रममा नेपाल तथा भारतमा अत्यधिक कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीले चाँडै चारवटा नयाँ किसिमका कार लन्च गर्न लागेको छ । मारुतीका यी नयाँ भर्सनका कार धेरैका लागि बहुप्रतिक्षित छन् ।

मारुती सुजुकीले आगामी केही महिनाभित्र आफ्नो पपुलर ह्याचब्याक तथा सेडान कारहरुको सीएनजी भेरिएन्ट लन्च गर्दै छ । ती कार मारुती सुजुकी स्विफ्ट, मारुती सुजुकी डिजायर र मारुती सुजुकी ब्रिन्जा हुनेछन् । यसका साथै मारुतीले न्यु जेनरेसन मारुती सेलेरियोलाई पनि बजारमा उतार्दै छ जुन अझ राम्रो लुक र फिचर्सले युक्त हुनेछ ।

मारुती सुजुकीका अपकमिङ कारको लुक र फिचर्स केही फरक हुने बताइँदै छ । मारुती सुजुकी न्यु जेनरेसन सेलेरियो ह्याचब्याकमा स्मार्टफोन कनेक्टिभिटीका साथ टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टी स्टियरिङ ह्‌विलसमेत अन्य फिचर्स त उपलब्ध हुने नै छ । साथमा यसमा वेगेनआरको जस्तै १.२ लिटरको पेट्रोल इन्जिन रहनेछ जसले ८३ बीएचपीसम्म पावर जेनरेट गर्नेछ । यो इन्जिनलाई सेलेरियोको हालको मोडलमा भएको इन्जिनभन्दा निकै राम्रो बताइँदै छ । सेलेरियोको आगामी भर्सनमा ५ स्पिड म्यानुअल र एएमटी गियरबक्सजस्ता अप्सन पनि रहनेछन् ।

अपकमिङ मारुती सुजुकी स्विफ्ट र मारुती सुजुकी डिजायरमा सीएनजी किटका साथ १.२ लिटरको Dualjet K12C पेट्रोल इन्जिन प्रयोग हुनेछ जसले ७० बीएचपी पावर र ९५ एनएमसम्म टार्क जेनरेट गर्नेछ । यता मारुतीको भिटारा ब्रिन्जामा १.५ लिटरको के. १५ नेचुरल एस्पिरेटेड इन्जिन रहनेछ जुन ९१ बीएचपी पावर र १२२ एनएम टार्क जेनरेट गर्न सक्षम हुनेछ । ब्रेन्जा सीएनजी ५ स्पिड म्यानुअल गियरबक्स र ४ स्पिड टार्क कन्भर्टरका साथ प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया