शनिबार, असार १४, २०८२

काेराेनाविरुद्धकाे खाेप अभियानमा चेल्सी क्लिन्टन

नेपालखोज २०७८ भदौ ३ गते १३:०४

आखिर चेल्सी अमेरिकाको एउटा यस्तो परिवारमा हुर्की बढेकी हुन् जहाँ दुनियाँभरका नीतिहरुमा नजर राखिन्छ ।

चेल्सी क्लिन्टन र विल क्लिन्टन

काठमाडाैं । चेल्सी क्लिन्टन कतिपयले सुनेको नाम हो भने कतिले यो नाम नसुनेको पनि हुन सक्छ । चेल्सीको नाम अहिले किन चर्चामा छ भने उनले कोभिड-१९ को भ्याक्सिन विकशिल र गरीब देशमा उपलब्ध गराउने विषयमा विश्वभरका धनी देशहरुको स्वास्थ्य नीतिमा प्रश्न उठाइरहेकी छन् ।

अहिले चेल्सी क्लिन्टनको सार्वजनिक जीवन त्यति लाइमलाइटमा पनि छैन । उनी न्युयोर्कस्थित कोलम्बिया विश्वविद्यालयमा सार्वजनिक स्वास्थ्य नीति विषयकी प्राध्यापक हुन् ।

हुन त यी अमेरिकि युवती एकताका सबैको नजरमा रहन्थिन् किनभने त्यतिबेला उनका बुबा विल क्लिन्टन शक्तिशाली अमेरिकाको राष्ट्रपति थिए । उनकी आमा हिलारी क्लिन्टन राष्ट्रपतिको निर्वाचनमा पराजित भएकी थिइन् ।

त्यसअघि उनी अमेरिकाको विदेशमन्त्री थिइन् । राष्ट्रपति विल क्लिन्टन ह्‌वाइट हाउसमै कार्यरत एक महिला कर्मचारी मोनिका लिवेन्स्कीसँगको यौन प्रकरणमा फसेपछि यो परिवारमा ठूलै भुइँचालो गएको थियो । त्यतिबेला चेल्सी किशोरावस्था टेक्दै थिइन् ।

अन्तर्राष्ट्रिय पत्रिका नेचरमा प्रकाशित रिपोर्टअनुसार चेल्सीले धनी देशहरुसँग आग्रह गरेकी छन् । कोभिड-१९ को खाेपको प्रविधि गरिब देशहरुलाई पनि दिनुपर्छ ता कि संसारभरका गरिब देशहरुको सरल पहुँच यो खाेपसम्म पुगोस् । आखिर चेल्सी अमेरिकाको एउटा यस्तो परिवारमा हुर्की बढेकी हुन् जहाँ दुनियाँभरका नीतिहरुमा नजर राखिन्छ ।

सम्भवतः त्यसैको असर हुन सक्छ चेल्सीले संसारका निम्न र मध्यम आय भएका देशमा कोभिड-१९ को खाेपको अभाव हटाउन विश्वभरका धनी राष्ट्रका राष्ट्रप्रमुखहरुसमक्ष अपिल मात्र गरिनन् यसका लागि आफ्नो ठाउँ र स्तरअनुसार अभियान नै चलाइरहेकी छन् । यसमा उनको एउटै ध्येय छ गरिब देशहरुमा कोभिडविरुद्धको खाेपको पहुँच पुर्‍याउनु ।

अहिले जहाँ धनी देशहरु कोभिडविरुद्धको भ्याक्सिनको तेस्रो डोज दिने तयारीमा छन् । त्यही विश्वका अधिकांश देशमा भ्याक्सिनको पहिलो डोज पनि पुगेको छैन ।

त्यसैले पनि चेल्सी आफ्नो मजबुत राजनीतिक पृष्ठभूमिको लाभ उठाउँदै विश्वभरका धनी राष्ट्रका राष्ट्रप्रमुखहरुलाई गरिब देशमा खाेपको आपूर्ति बढाउन लगातार दबाब दिइरहेकी छन् ।

चेल्सी भन्छिन, ‘म र हाम्रो क्लिन्टन फाउन्डेसनले स्कुल, सामुदायिक संगठनहरुका साथै विश्वभरका कैयौं नेताहरुसँग मिलेर काम गरिरहेको छ ता कि आवश्यकता भएको वर्गलाई यो खोपबारे सही जानकारी पुगोस् अनि उनीहरु यो खाेप लगउन सक्षम पनि हुन् । त्यसका लागि पहिले गरिब मुलुकको पहुँच खाेपसम्म पुग्नु जरुरी छ ।

प्रतिक्रिया