शनिबार, असार १४, २०८२

‘म कार्यवाहक राष्ट्रपति हुँ, तालिबानसँग झुक्दिनँ’

नेपालखोज २०७८ भदौ ३ गते १८:०८

काबुल । तालिबानले १५ अगस्तमा अफगानिस्तान कब्जा गरेपछि दैनिकजसो नयाँ खबरले चर्चा पाउने गरेको छ । आजभोलि धेरैजसो देश–विदेशका मानिसहरूले अफगानिस्तान छाड्न बाध्य भइरहेको अवस्था छ । अफगानिस्तानमा औपचारिक रूपमा तालिबानले सरकार चलाउन बाँकी नै रहेका बेला आजभोलि फेरि अर्को एउटा नयाँ खबरले चर्चा पाएको हो ।

अहिले अफगानिस्तानका उपराष्ट्रपति अमरुल्ला सालेहले आफैंलाई राष्ट्रपति घोषणा गरेका छन् । केही दिनअघि तालिबानले सत्ता नै कब्जा गरेपछि राष्ट्रपति असरफ घानी देश छोडेर भागेका थिए । सामाजिक सन्जाल ट्विटरमा निवर्तमान उपराष्ट्रपति सालेहले आफू देशको कार्यवाहक राष्ट्रपति भएको दाबी गरेका छन् । उनले आफू अहिले अफगानिस्तानभित्रै भएकाले आफू कार्यवाहक राष्ट्रपति हुँ भन्ने दाबी गरेका छन् । अफगानिस्तानको संविधानमा राष्ट्रपतिले आफूखुसी कुर्सी छोड्दा, राजीनामा दिएमा वा मृत्यु भएमा उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको भूमिका निभाउने नियम छ ।

अफगानका नेताहरूमध्येमा एक्लै तालिबानबिरुद्ध लगातार आन्दोलन गर्ने नेताका रूपमा सालेहलाई लिने गरिन्छ । अफगानिस्तानका विभिन्न प्रान्तहरूमध्येमा पंजशिर मात्रै तालिबानको विरोधमा उत्रिने प्रान्त हो । यो प्रान्त काबुलबाट करिब तीन घण्टा सवारी दूरीमा छ । सन् १९९६ देखि २००१ सम्म तालिबानले शासन गर्दा पनि उक्त प्रान्त तालिबानको नियन्त्रणमा थिएन ।

निर्वमान उपराष्ट्रपति पनि सोही प्रान्तमा बसोबास गर्ने गर्छन् । उनको नेतृत्वमा आन्दोलन हुँदा तालिबानले पंजशिरमा नियन्त्रण गर्न सकेको थिए । शाहिनले कहिल्यै पनि र कुनै पनि परिस्थितिमा तालिबान विद्रोहीको अगाडि आफू नझुक्ने चेतावनी दिएका छन् । उनले तालिबानको साथ आफू कहिल्यै नहुने पनि प्रस्ट पारेका छन् ।

प्रतिक्रिया