मंगलबार, असार १०, २०८२

विश्वको पहिलो डीएनए कोभिड खोप भारतमा स्वीकृत

नेपालखोज २०७८ भदौ ५ गते १४:४५

काठमाडाैं । भारतको औषधि नियामक निकायले आपत्कालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ ।

तीन मात्रा दिनुपर्ने जाईकोभ-डी (ZyCoV-D) नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त संक्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा उल्लेख गरेकाे बीबीसीले जनाएकाे छ ।

उक्त कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ । यो भारतमै निर्मित दोस्रो खोप हो ।

यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए । भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ । बीबीसी

प्रतिक्रिया