यस्तो छ मेलिना र निशानको ‘सालघारीमा’ (भिडियोसहित)
नेपालखोज
२०७८ भदौ ६ गते २१:४०

काठमाडौं । गीतकार सन्जीव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको ‘सालघारीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्।
राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेका हुन्। सार्वजनिक म्युजिक भिडियोका लागि ऋगार सन्जु थलङले गरेकी हुन् भने ड्रोनमा किरण रोक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया