काबुल विमानस्थलमा थपियो संकट,हजारौं नागरिक बाहिरिँदै
विमानस्थल छिर्ने चेकपोइन्टमा तालिबानको कडाइ कडाइ

काबुल । अफगानिस्तानको काबुल विमानस्थल संकटको केन्द्रविन्दुमा परिणत भएको छ । गत साता तालिबानले सत्ता कब्जा गरेसँगै त्रासका कारण हजारौं मानिसहरु उक्त विमानस्थल हुँदै भाग्न खोजिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
तर त्रासबाट भाग्न खोज्नेहरुमाथि तालिबानले एकपछि अर्को नियम लगाइदिएपछि उनीहरु थप चिन्तित छन् । आजभोलि १४ हजारको हाराहारीमा विभिन्न देशका मानिसहरु काबुल विमानस्थलबाट बाहिरीन खोजेका छन् । तर, विमानस्थल छिर्ने चेकपोइन्टमा तालिबान लडाकुले कागजातबिना यात्रा गर्न रोक लगाएका छन् ।
काबुल इन्टरनेसलन एयरपोर्ट छिर्ने सवै गेट बन्द गरिएका छन् । अहिले विमानस्थलबाट सवै व्यावसायकि उडान रोकिएका छन् । अफगानिस्तान छाडेर आफ्नो देश जान चाहानेहरु एकहप्तादेखि विमानस्थलमा फसिररेहका छन् । बर्षौंदेखि अफगानिस्तानमा बसोबास गरेकाहरु एयरपोर्टमा फसेपछि अवको भविष्य कस्तो हुने हो भन्दै चिन्तित छन् ।
यता सत्तामा गएको तालिबानले भने आफ्नो नेतृत्वको सरकार मानिसहरु अफगानिस्तान नछोडुन् भन्ने पक्षमा दाबी गरेको छ । तर, विभिन्न हिंसात्मक घटनाहरु भईरहेकाले तालिबानको भनाई विश्वास गर्न सकेका छैनन् ।

काबुल विमानस्थल वरपर सर्वसाधारण , प्रहरी तथा सेनाको भिड बढेसँगै मानिसको जीवनको जोखिम पनि बढ्दो छ । मातृभूमी फर्किनबाट बन्चित भएसँगै हजारौं महिला ,पुरुष तथा बालबालिकाको जीवन पनि असुरक्षित भएको छ । काबुल विमानस्थल बाहिर अफगानिस्तान छोड्ने मानिसको भिड अनियन्त्रित हुँदा अहिलेसम्म करिव एकदर्जन बढी मानिसले ज्यान गुमाएको बीबीसीले उल्लेख गरेको छ ।
प्राप्त जानकारी अनुसार मानिसहरु विमानस्थलमा जानुभन्दा पहिले नैं उनीहरुमाथि आक्रमण हुने गरेको छ । काबुल एयरर्पोटमा प्लेनको पखाईमा रहेका हजारौं मानिसहरु कुन बेला परिस्थितिले फेरि हिंसाको रुप लिने हो भनेर चिन्तित छन् । यस्तै विमानस्थल छेउछाउमैं तालिबानले गोली चलाएपछि मानिसहरु अफगानिस्तान बस्न झन् असहज महसुस गरिरहेको अवस्था छ । बीबीसी
प्रतिक्रिया