‘अफगानिस्तानको उद्धार कार्य जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्याएका बीबीसीले जनाएको छ ।
उनले उडानहरूको संख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए । तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी साता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन् ।
साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए । यसअघि बाइडेनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ संगठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए ।
उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याकंन गरिनुपर्ने बताए । तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्याइनुपर्ने उनको भनाइ छ । बीबीसी
प्रतिक्रिया