शनिबार, असार १४, २०८२

बलात्कार कसुरमा पूर्वसांसदलाई २५ वर्ष जेल

नेपालखोज २०७८ भदौ ९ गते २०:१३

मेघालय । भारतको मेघालय प्रान्तका पूर्वविधायक जुलियस दोरफांगलाई बलात्कारको कसुरमा २५ वर्षको जेल सजाय सुनाइएको छ । दोरफंगले सन् २०१७ मा प्रदेश सांसद हुँदा किशोरीमाथि बलात्कार गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था पीटीआईका अनुसार पूर्वविधायक दोरफांगलाई मेघालय अदालतले २५ वर्ष जेल सजाय सुनाएको छ । यस्तै १५ लाख रुपैयाँ जरिवानाको फैसाला पनि अदालतले सुनाएको छ ।

पूर्वविधायक (प्रदेश सांसद) दोरफांग विद्रोही समूह हाइनिवट्रैप नेसनल लिबरेसन काउन्सिलका संस्थापक वर्तमान अध्यक्ष पनि थिए । भूमिगत सशस्त्र युद्धको नेतृत्व गर्दै आएका उनले सन् २००७ मा मेघालय सरकारसँग वार्ता गर्दै युद्धविरामको घोषणा गरेका थिए ।

सन् २०१३ मा भएको विधानसभाको निर्वाचनमा चुनाव पनि जितेका थिए ।अदालतले बलात्कारमा संलग्न अरु तीनजनालाई आजीवन जेल सजाय सुनाएको छ । पूर्वविधायकसहित चारजनालाई किशोरीलाई यौनजन्य व्यवसाय गर्न बाध्य बनाएको आरोपको पनि अदालतले पुष्टि गरेको छ ।
-प्रतीकात्मक तस्बिर

प्रतिक्रिया