‘कक्षा १२ को परीक्षा भदौको अन्तिम साताबाट ’
नेपालखोज
२०७८ भदौ १० गते १४:२९

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा भदौको अन्तिम या असोेजको पहिलो साताबाट सञ्चालन गर्न सकिने बताएका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइएको जानकारी दिए ।
जापानबाट प्राप्त भएको १६ लाख मात्रा एष्ट्रेजेनका खोपमध्ये विद्यार्थीलाई पनि उपलब्ध गराइएको उनको दाबी छ । उनले धेरै परीक्षार्थी भएको स्थानमा होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने सरकारले तयारी गरेको उल्लेख गरे ।
समिति सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना र खोप उपलब्ध गराएर छिटोभन्दा छिटो परीक्षा संचालन गर्न सरकारलाई निर्देशन दिएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया