कक्षा १२ को परीक्षा भदौ ३० बाट (तालिकासहित)
नेपालखोज
२०७८ भदौ १६ गते २०:१८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएकाे छ । बुधबार बोर्डले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरेकाे छ । परीक्षा हाेम सेन्टरबाटै सञ्चालन हुनेछ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।
परीक्षाको रुटिनसमेत बोर्डले प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो ।
यसअघि जेठ २६ मा परीक्षा तोकिएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि परीक्षा स्थगित गरी साउन ३१ गतेदेखि परीक्षा तोकिएकामा पुनः स्थगित गरिएको थियो । कोरोना संक्रमणका कारण चौतर्फी दबाब बढेपछि सरकारले परीक्षा स्थगित गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया