मंगलबार, वैशाख १८, २०८१

राष्ट्र बैंकले बैकिङ प्रणालीमा दुई अर्ब ६५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ भदौ २३ गते १३:३१

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा दुई अर्ब ६५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुद्धती निक्षेपको रुपमा २०७८ असोज एक गतेदेखि २०७९ असोज एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो । कर्मचारी सुरक्षण कोष, उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानीको लागि प्रस्ताव आव्हान गरिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि दुई अर्ब १२ करोड, बिकास बैंकहरुको लागि ३९ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १३ करोड २५ लाख रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही भदौ २३ गते देखि भदौ २५ गते पाँच बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया