भारत बिरोधमा, पाकिस्तानको पुर्ण समर्थन

काठमाडौं । भारतले अफगानिस्तानको तालिवानी सरकारलाई मान्यता दिन अस्वीकार गरेको छ । शनिवार भारतिय विदेश मन्त्रि एस जयशंकरले भने, ‘तालिबानको सरकार एउटा नयाँ व्यवस्थाको स्थापना बाहेक केही होईन्।’
भारत त्यो व्यवस्थामा सबै वर्ग समावेश नभएकोमा चिन्तित छ । त्यसका अतिरिक्त भारतलाई अफगानिस्तानमा महिला तथा अल्पसंख्यकहरुको अवस्थाप्रति पनि खास चिन्ता छ । भारतिय विदेश मन्त्रि एस जयशंकरका अनुसार भारत के चाहन्छ भने अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहोस्।
यता पाकिस्तानले तालिवानलाई पुरानो नजरले नहेरेर नयाँ परिवेश र समय अनुरुप हेर्नुपर्ने कुरा बताउँदै आएको छ । पाकिस्तान तालिवानको नयाँ सरकारको समर्थनमा छ भने भारतिय मिडियाहरु त्यसलाई पाकिस्तानको कठपुतलि सरकार बताइ रहेका छन् ।
यसको सोझो अर्थ के हो भने अफगानिस्तान मामिलामा भारत र पाकिस्तान फेरि एक पटक एक अर्काको आमने सामने छन र यसमा पाकिस्तानले भारतलाई तिनचित ख्वाएको देखिन्छ ।
प्रतिक्रिया